• Wed. Feb 1st, 2023

दिपाश्रीको बिहे हुने पक्का, हेर्नुस रोजिन नेपालका टप हिरोभन्दा राम्रो केटा !

ByAdmin

Jan 26, 2023

 

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

 

काठमाडौ । चर्चित हाँस्यकलाकार, निर्मात्री, निर्देशक एवम् नायिका दिपाश्री निरौला पनि विवाह बन्धनमा बाधिने भएकी छन् । दीपा निकट स्रोतका अनुसार अन्ततः उनले विवाह गर्न लागेकी हुन् ।

 

विश्वस्त स्रोतका अनुसार दीपाले एक धनाढ्यसँग विवाह गर्न लागेकी छन् । एक व्यापारिक घरानका व्यक्तिसँग विवाह गर्ने तयारी दीपाश्री हुनुहुन्छ, स्रोतले भन्यो । एक व्यापारिक घरानाका व्यक्तिसँग विवाह गर्ने तयारी भएको दिपाश्रीको हुनेवाला पतिको नाम र ठेगाना भने खुलेको छैन ।

 

‘यहि मंसिरमा दिपाश्री निरौलाको विवाह हुने पक्कापक्की जस्तै भएको छ’, स्रोतले भन्यो, ‘अहिले नै को व्यक्ति र कहाँको व्यक्ति भन्ने नखुलाउँ, अहिलेलाई विवाह हुन लागेको हो भन्ने मात्रै बुझौँ ।’ नेपाली फिल्मको पछिल्लो समयकी सफल निर्देशक तथा कलाकार हुन् दिपाश्री निरौला । उनी पुरुष निर्देशक भन्दा कुनै कुरामा कमी देखिएकी छैनन् ।

 

उनले चलचित्र क्षेत्रमा अलग पहिचान बनाएकी छिन् । उनका सबै फिल्मले नयाँ रेकर्ड कायम राखेका छन् । उनी २०३२ सालमा विराटनगरमा जन्मिएकी हुन् । रेडियो नाटकबाट उनले आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् ।

 

रेडियो हँदै टेलिभिजनमा प्रवेश गरेकी दीपाको जोडी दीपकराज गिरीसँग जमेको छ । उनीहरुको जोडीलाई नेपाल टेलिभिजनबाट प्रशारित भएको हास्य कार्यक्रम तितो सत्यमा निकै मन पराएका थिए ।

 

दीपाले ‘तितो सत्य’ भन्दा अगाडी गाउँले, चादनी, संगिनी जस्ता राम्रा फिल्ममा अभिनय गरीसकेकी थिइन् । ३० वर्षदेखि सँगै काम गर्दै आएका दीपकराज गिरी अहिले पनि दिपासँगै छिन् । तर, उनी अब वैवाहिक जीवनमा बाँधिन लागेकी हुन् । यसअघि एक टेलिभिजन कार्यक्रममा कानुनले नरोक्ने हो भने आफूले दिपकराज गिरीसँग विवाह गर्ने भनेर दिपाश्रीले अभिव्यक्ति दिएकी थिइन् ।

 

उनले अब आफू वैवाहिक जीवनमा बाँधिन लागेको भए पनि आफू र दिपकवीचको सम्बन्धमा कुनै दरार नआउने समेत जिकिर गरेकी छिन् । अर्को पुरुषसँग विवाह गर्दा पनि दिपकराजसँगको सहकार्य नटुट्ने दिपाश्री निरौलाले आफू नजिकका व्यक्तिहरुलाई भन्न थालेका छन् । प्रहार न्युज

 

सातै प्रदेशले पाए नेतृत्व, यस्ता बने मुख्यमन्त्री

 

काठमाडौँ — प्रदेश निर्वाचनको जनादेशअनुसार सातैवटा प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । सातवटै प्रदेशले बुधबार साँझसम्म मुख्यमन्त्री पाइसकेका हुन् । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको हो ।

 

गठबन्धनको भागबण्डाअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको छ । वाग्मती र कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुँदा मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ ।

 

निर्वाचन पूर्व कांग्रेस र माओवादी लगायत दलहरू एकातिर तथा एमाले र राप्रपा लगायत दलहरू अर्को गठबन्धन भई चुनावमा गएकोमा सरकार गठनमा भने त्यो तालमेल फेरिएको छ । संघ र प्रदेशमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमतलगायतका पार्टीहरूको सरकार बनेको छ । कांग्रेसले केन्द्रमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको बेन्चमा बस्ने घोषणा गरेको छ । प्रदेश सरकारलाई उसले विश्वासको मत दिन्छ कि दिँदैन भन्ने निश्चित भएको छैन ।

 

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । त्यहाँ माओवादीसँग आलोपालो हो कि पाँच वर्ष एकल सरकार एमालेको नेतृत्वमा हुने हो भन्ने सार्वजनिक भएको छैन । प्रदेश २ मा जसपाका सरोज यादवले मुख्यमन्त्रीको नियुक्ति पाइसकेका छन् ।

 

जहाँ साढे २ वर्षपछि सिके राउत नेतृत्वको जनमत पार्टीलाई मुख्यमन्त्री बनाइनेछ । वाग्मती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जमकट्टेलले पाइसकेका छन् । यहाँ आधा कार्यकाल एमालेलाई दिने सहमति छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री एमालेका खगराज अधिकारी भइसकेका छन् ।

 

यहाँ एमालेले पाँच वर्ष एकल नेतृत्व गर्ने भनिएको छ । लुम्बिनी मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भइसकेका छन् । कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीका राजकुमार शर्मा भएका छन् । यहाँ माओवादीले पाँच वर्ष एकल नेतृत्व गर्ने केन्द्रको निर्णय थियो तर त्यसलाई उल्ट्याउँदै एमालेबाट साढे दुई वर्षपछि मुख्यमन्त्री हुने प्रदेशस्तरीय सहमति भएको छ ।

 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । यहाँ पनि साढे २ वर्षपछि माओवादी केन्द्रलाई नेतृत्व छोड्ने सहमति भएको छ ।

 

प्रदेश १

 

पहिलो कार्यकालमा आफ्नो नामसम्म टुंगो लगाउन नसकेको प्रदेश १ सरकारको मुख्यमन्त्रीमा केन्द्रमा गठबन्धन भएपछि एमाले र माओवादी केन्द्रले दाबी गरेका थिए । तर यहाँ एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने सहमति केन्द्रमा सहमति हुनुपहिल्यै भएको थियो । जसअनुसार नै पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

प्रदेश १ प्रदेश सभाको सभामुख माओवादी र उपसभामुख एमालेले पाउने सहमति भएको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित कुल ६० सांसद सत्तापक्षमा छन् ।

 

विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा सक्रिय भएर प्रदेशको मुख्यमन्त्रीसम्म बनेका कार्की प्रदेश संसदीय राजनीतिको दोस्रो यात्रामा मुख्यमन्त्री बनेका हुन् । उनी एमालेको स्थायी कमिटी सदस्यसमेत हुन् । विगतदेखि नै केपी शर्मा ओली निकट नेता कार्की ओलीकै निर्वाचन क्षेत्र झापा ५ (१) बाट लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

कार्की यसअघि एमालेको प्रदेश संगठन कमिटीको प्रचार विभाग प्रमुख भइसकेका थिए । २०७४ फागुनमा शेरधन राई नेतृत्वको प्रदेश सरकारमा साढे ३ वर्ष आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।

 

मधेस प्रदेश

 

मधेस प्रदेश सरकारको प्रमुख जसपाले पाउने काठमाडौंमा सहमति भएकै दिन जनकपुरमा जसपाले प्रदेश सभा संसदीय दलको नेता चयन गरेको थियो । बहालवाला मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान प्रदेश सभा सभामुख यादव संसदीय दलको नेताको दाबेदार थिए । अन्तिम समयमा मुख्यमन्त्री राउत पछि हटेर यादव सर्वसम्मत संसदीय दलको नेता चयन भएका थिए ।

 

मधेस प्रदेशको मुख्यमन्त्री बनेका यादव यसअघि पटकपटक कार्यकारी पदमा रहिसकेका छन् । यसअघि संघीय सरकारमा दुईपटक राज्यमन्त्री र मधेस प्रदेशको सभामुख भइसकेका छन् । २४ वर्षकै उमेरमा तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । २०५५ देखि ०५९ सम्म उनी गाविस अध्यक्ष थिए ।

 

२०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका उनी २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाको तर्फबाट निर्वाचित भएका थिए । उनले साढे २ वर्षपछि मुख्यमन्त्री जनमत पार्टीलाई हस्तान्तरण गर्नुपर्ने सहमति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *