• Wed. Feb 1st, 2023

मेरो नागरिकता खोसेपनी कुनै प्रवाह छैन म यो देशको लागि ज्यान दिन तयार छु: रबी लामिछाने (साथ दिनेले सियर गर्नुस्)

ByAdmin

Jan 25, 2023

 

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

 

म यो देशको ढुकुटी को पाले हु, कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन्न । यो देश सबै घुस खोरी दलालले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् । उनको यो बोली सबैले रुचाएका छन । भाषण गर्दा जब यो कुरा आयो अनि गडड तालीको आवाज आएको थियो ।

 

रवि लामिछाने कांग्रेसमै पुग्लान् ?

रवीन्द्र मिश्रपछि फेरि रवि लामिछाने पत्रकारिता क्षेत्रको जगबाट राजनीतिमा निर्णायक हस्तक्षेप गर्न सफल भएका छन् । समकालीन नेपाली राजनीति, अर्थतन्त्र, कूटनीति, संस्कृतिजस्ता क्षेत्रभित्र रहेका बेथिति, विसंगतिलाई जनमानसमा आक्रामक ढङ्गले प्रस्तुति दिएर छवि निर्माण गरेका दुई पात्रमध्ये रवीन्द्र मिश्र लगभग असफलताको साङ्लोले बाँधिइसकेका छन् । उनको यात्रा पश्चगमन र मरिसकेको राजतन्त्रलाई कहीँ कतै फिर्ता ल्याउन सकिन्छ कि भन्ने कुत्सित मनसायबाट प्रेरित घोर दक्षिणपन्थी रहेको सर्वविदितै छ ।

 

यता रविको लक्ष्य, नीति, योजना, कार्यक्रम, रणनीति, कार्यनीति के हो भन्ने अझै स्पष्ट छैन । कुनै राजनीतिक आकार नै नभएको दललाई नेपाली जनताले ठूलो अभिमत दिएर संसद्‌मा पठाएका छन् ।

 

हुन त लामिछानेसम्बद्ध केही नेताहरू मध्यपन्थी पार्टीको वैचारिक दिशामा अगाडि बढने पनि भनिरहेका छन् । मध्यपन्थ रवीन्द्र मिश्रको जस्तो घोर दक्षिणपन्थी नभए पनि नेपाली कांग्रेसजस्तै दक्षिणपन्थी लाइनको एउटा हाँगा नै हो ।

 

भर्खर सम्पन्न निर्वाचनमा प्रदेश तहमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी खडा नगर्ने जुन धृष्टता गर्‍यो, त्यसले मोटामोटी उनको अगामी दिशाबारे अनुमान गर्न कठिन छैन ।

 

१० वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन र मधेस आन्दोलनले स्थापित गरेको संघीयताको मूल मर्ममाथि उनले प्रश्न खडा गरेका छन् । त्यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रदेशको प्रत्यक्ष र समानुपातिक दुवै मतदान प्रक्रियालाई अस्वीकार गर्दै प्रदेश खारेजीको पक्षमा आफ्नो स्पष्ट अभिमत जाहेर गरे ।

 

यसले भर्खर उदाउँदै गरेको युवापुस्ताको नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनको उपलब्धिलाई अस्वीकार गर्न खोजेको भान हुँदैछ । अब केही समयपश्चात् लामिछानेको वास्तविक पहिचान हुनेछ । उनले कि त संघीय संरचना स्वीकार गरेर मूलधारमा अडिन प्रयत्न गर्नेछन्, कि त उक्त संरचनाविरुद्ध जनमत खडा गरेर विद्रोही शक्तिको रूपमा संगठन विस्तारको जग हाल्न कोसिस गर्नेछन् ।

 

गत हप्ता सम्पन्न चुनावको सबै परिणाम घोषणा भइसकेको छ । यो चुनावले समानुपातिक प्रणालीमा नेकपा एमालेलाई ठूलो दलको रूपमा स्थापित गरे पनि नेपालमा दक्षिणपन्थी शक्तिका लागि उत्साहजनक माहौल सिर्जना गरिदिएको छ ।

 

२०७४ को चुनावमा साढे २ प्रतिशतवरिपरि मत प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक ५.५८ प्रतिशत मत प्राप्त गर्नु र वामपन्थी भनिएका शक्तिहरूको मत भारी ओरालो लाग्नुले त्यसको छनक दिएको छ । गणतन्त्र, संघीयता र धर्म निरपेक्षताविरुद्ध आवाज बुलन्द गरेको राप्रपाले उत्साहजानक मत प्राप्त गर्नुले पछिल्ला राजनीतिक उपलब्धिहरू जोखिममा पर्दै गएको विषयलाई नजरअन्दाज गर्न सकिँदैन ।

 

उदाउँदै गरेको मध्यम वर्ग एक दशकअगाडि यस लेखकको गाउँमा एक वा दुई जना मात्र करोडपतिको लाइनमा मानिसहरू थिए । तर, आज झण्डै १०० सय जना मानिस गरिबबाट मध्यम वर्गमा रूपान्तरण भएका छन् । सापेक्षमा सायद आज देशभरिको अवस्था यही हो । रेमिट्यान्सले निर्माण गरेको यस्तो समाजको दिगोपन कति हुन्छ, त्यो बहसको अर्थशास्त्रीय पाटो हुन सक्छ ।

 

तर, त्यसले निर्माण गर्न खोजेको वैचारिक दिशा नेपाली राजनीतिमा कम अध्ययन गरिएको पाटो हो । यस्तो मध्यमवर्गीय शक्ति आर्थिक हिसाबले आत्मनिर्भर हुने हुँदा राजनीतिक निर्णय कसैको करकाप वा जोरजबर्जस्तीभन्दा आफ्नो रुचि, चाहना वा स्वविवेकले लिन्छ । २०७४ को चुनावमा रवीन्द्र मिश्रको पक्षमा यस्तो समूहको मनग्य मत खसेको थियो । यस पटक रवि लामिछानेले त्यो चिट्ठा आफ्नो पक्षमा पारेका छन् ।

 

तर, निर्माण हुँदै गरेको मध्यम वर्गको मत माओवादीले प्राप्त गर्न सकेको देखिँदैन । क्रान्तिकारी जार्गनको अति सहारा लिनुपर्ने उसको बाध्यतालाई जनताले एकपछि अर्को गर्दै बेवास्ता गरिरहेका छन् । यसबारे उसको मूल नेतृत्व बेखबर छ भन्ने चुनावी मतपरिणामले दिन खोजेको अर्को सन्देश हो ।

 

गठबन्धनमा माओवादी र समाजवादी (वामपन्थी) लाई चित्त नपार्ने कट्टर कांग्रेसीहरूले उस्तै रङका लामिछानेलाई मत दिएर आफ्नो चित्त बुझाउने कोसिस त गरे, तर उनीहरूलाई नै त्यस्तो निर्णयले घण्टी बजाइदियो ।

 

यस्तो मध्यम वर्ग मतपरिणाममा एकदम विध्वंसकारी हुन्छ । यो वर्गले सिर्जना गर्ने अनपेक्षित मतपरिणामले सिङ्गो राजनीतिक प्रणालीको जग भत्काउन हमेसा प्रयत्न गर्छ । मुख्य शक्तिको पूजा गर्नु र त्यो शक्तिले आफ्नो पक्षमा काम गरेन भने वैकल्पिक शक्ति निर्माणका लागि वातावरण बनाउने यसको वर्गगत स्वार्थप्रेरित चरित्र हुन्छ । स्वभावैले यसको चरित्र श्रमिक, मजदुर, किसान, पिछडा वर्गभन्दा विकसित र विश्व भू-राजनीति र आपूर्ति शृङ्खलासँग जोडिएको हुन्छ ।

 

हुन त माओवादीले अँगाल्ने अर्थ, कूटनीति, सुरक्षा र राजनीतिक मामिला कांग्रेसको भन्दा पृथक् छ । त्यसैलाई मूल आधार मानेर गगन समूह रणनीतिक योजनाका साथ अगाडि बढेको देखिन्छ । सामाजिक सञ्जाल मुख्यतः ट्विटरतिर कांग्रेसनिकट बुद्धिजीवीहरूका मतलाई नियाल्ने हो भने पनि त्यसको छनक मिल्छ । गठबन्धन भए पनि यो तप्काले माओवादी र यसको मुख्य नेतृत्वलाई निसाना साँधेर दिएका अभिव्यक्तिलाई कम आकलन गर्न सकिँदैन । चुनाव प्रचारको समयमा पनि त्यो तप्का थापालगायत विश्वप्रकाश शर्माहरूको प्रचारमा निकै क्रियाशील देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *