• Wed. Feb 1st, 2023

भर्खरै बाजुरा भूकम्पको धक्का संसदसम्म पुग्यो

ByAdmin

Jan 25, 2023

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

 

 

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयो ।

 

आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

यो पनि, आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ ।

 

 

अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।

 

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो ।

 

भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *