• Wed. Feb 1st, 2023

बधाई छ, मेयर बालेन शाहको घरमा पुत्री लाभ, शेर गर्नुस !

ByAdmin

Jan 25, 2023

काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको जीवनमा अर्को खुसी थपिएको छ । उनी आज छोरीका काका समेत बनेका छन् । बालेनका दाजु कौशल शाहकी छोरी जन्मिएकी छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

 

मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला घरमा छोरी जन्मिनुलाई उनका समर्थक एवं शुभचिन्तकहरुले शुभ संकेत भन्दै दोहोरो बधाइ दिएका छन् । यो समाचार तयार पार्दासम्म बालेनले २२ हजार मत पाइसकेका छन् र उनको अग्रता ११ हजार भन्दा धेरै भइसकेको छ ।

 

एप डेभलपमेन्ट : सिर्जनशील आम्दानी

 

नेपालीले बनाएका एपमा हाम्रो पात्रो, नेपाली पात्रो, ई–सेवा, फुडमान्डु, भोजडिल्स, लुडोलगायत चलेकामध्येमा पर्छन् । टिकटक, पबजी मोबाइल, कलब्रेक, क्लास अफ क्लान्स, पठाओ भने धेरै डाउनलोड हुने विदेशी एप हुन् ।

 

काठमाडौँ — पछिल्ला दिनमा नेपाली युवाहरू व्यावसायिक र सोखका रूपमा एप डेभलपमेन्टतर्फ आकर्षित भएको देखिन्छ । विभिन्न कलेजहरूमा औपचारिक रूपमै पढाइ हुने र एप सफल हुँदा करियरको राम्रो विकल्प बन्ने भएकाले यसमा आकर्षण बढेको हो ।

 

कतिपयले त औपचारिक अध्ययन नै नगरी युट्युब भिडियो ट्युटोरियल वा अनलाइन सिकाइ प्लाटफर्महरूबाट ज्ञान बटुल्दै यस क्षेत्रमा लागेका उदाहरण पनि छन् । उनीहरूले कम्पनी खोलेर इन–हाउस एप (आफ्नै लागि निर्मित एप) बनाउने वा फ्रिलान्सरका रूपमा देश/विदेशका ग्राहकको आवश्यकताअनुसार विभिन्न प्रयोजनका लागि मोबाइल एप्लिकेसनहरू बनाउने गरेका छन् ।

 

झापा, बिर्तामोडका प्रदीप अधिकारी विगत ६ वर्षदेखि वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट, गेम स्ट्रिमिङलगायत क्षेत्रमा आबद्ध छन् । उनको कम्पनी टेक सञ्जालले झापाकै एक शिक्षकका लागि बनाइदिएको ‘योर अल नोट्स’ नामक एन्ड्रोइड एप विद्यार्थीहरूमाझ लोकप्रिय छ ।

 

यसमा कक्षा ९ देखि १२ सम्मका विभिन्न विषयका नोटहरू राख्ने गरिन्छ । ती नोट निकै उपयोगी भएको प्रतिक्रिया दिँदै इशुधी दाहालले उक्त एपलाई गुगल प्लेस्टोरमा फाइभ रेटिङ दिएका छन् । ‘यो एपमा लगभग सबै विषयका नोटहरू छन्,’ उनले लेखेका छन्, ‘धेरै भद्दा नोट छैनन् । हामीजस्ता विद्यार्थीलाई उपयोगी हुने एप बनाइदिएकामा धन्यवाद दिन चाहन्छु ।’

 

टेक सञ्जालले नै केही समयअघि बनाएको रिजल्ट एपचाहिँ विद्यालयहरूको परीक्षाका बेला बढी डाउनलोड र प्रयोग हुने गरेको प्रदीपको भनाइ छ । उक्त एपमा विद्यालयका एडमिनले रिजल्ट पोस्ट गरेपछि शिक्षक, विद्यार्थी र अभिभावकले हेर्न सक्छन् । हाल प्रदीप र उनका साथीहरू एक राइड सेयरिङ एप निर्माणमा व्यस्त छन् ।

 

‘आजभोलि सबैको हातमा मोबाइल छ, सबैले एपबाटै आफूलाई चाहेको कुरा खोज्न थालेकाले एपको माग बढेको छ,’ प्रदीप भन्छन्, ‘एपका लागि धेरै जिज्ञासाहरू आउँछन् तर रमाइलो कुरा के छ भने ५० लाख रुपैयाँ पर्ने एप देखाएर ५/१० हजारमै बनाइदेऊ भन्नुहुन्छ । एउटा सामान्य एप बनाउन कम्तीमा २० हजार रुपैयाँ लाग्छ ।’

 

हिजोआज एप व्यवसाय कसरी फस्टाउँदै गएको भने हामीकहाँ विभिन्न सरकारी निकायका कार्यालयले आफ्ना शाखापिच्छे छुट्टाछुट्टै एप बनाउने गरेका छन् । निजी क्षेत्रका संघसंस्था मात्रै नभएर विभिन्न पेसा तथा व्यवसायमा सम्बद्धहरूले पनि आफ्ना ग्राहक वा अनुयायीसम्म पुग्न मोबाइल एप्लिकेसन बनाउने गरेको देखिन्छ । डिजिटल संवादका लागि एप सबैभन्दा सहज माध्यम मानिने भएकाले विश्वभरमै स्मार्टफोन र एपको प्रयोग द्रुत गतिमा बढिरहेको छ ।

 

भविष्यमा हरेक थोक एपमा उपलब्ध हुने भएकाले वेब सर्चको आवश्यकता नै नपर्ने प्रविधि क्षेत्रका विश्लेषकहरू बताउँछन् ।

 

 

 

२०२२ को नोभेम्बरसम्ममा गुगल प्ले स्टोरमा ३५ लाख ५० हजार र एप्पल एप स्टोरमा १६ लाख वटा एपहरू उपलब्ध रहेको बजार र उपभोक्ताबारे आर्थिक विवरणहरू तयार पार्ने स्टाटिस्टाले जनाएको छ । फोर्ब्स टेक्नोलोजी काउन्सिलका सदस्य रोल्यान्ड पोल्जिनका अनुसार एक व्यक्तिले औसतमा प्रतिदिन ४.२ घण्टा एप चलाएर बिताउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *