• Wed. Feb 1st, 2023

साँच्चै हिरो बनेर देखाए रबीले, हेर्नुस सुस्मिताको ह’त्या गर्ने यि ४ जनालाई नै हाले ज’न्मकैद जे’ल !

ByAdmin

Jan 25, 2023

हेटौंडा — जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ ।सु

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

 

 

स्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बीभत्स ढंगले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट काठले हिर्काएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।।

 

 

सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा हिर्काएकी थिइन् ।जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो ।

 

 

अदालतको फैसलाप्रति खुसी हुँदै सुस्मिताकी आमा गंगाले अदालतको फैसलाबाट अपराधीहरुको मनोबल गिर्ने आस व्यक्त गरिन् । ‘यो फैसलाले मेरो छोरीले न्याय पाइन्’, उनले भनिन् ।सूर्यचोककी करिब २६ वर्र्षीया सुष्मिता केसी (थापा) को हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार अभियुक्तलाई मकवानपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

 

 

 

हत्यामा उनकै परिवारका सदस्यको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभएको होे ।सुष्मितालाई ससुरा ५८ वर्षीय प्रकाश थापा, कान्छी नन्द २३ वर्षकी सीता थापा, जेठी नन्द २७ वर्षकी दुर्गा थापा र सासु ५० वर्षकी तुलसा थापा मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आर्थिक प्रलोभनका कारण परिवारकै सदस्यले सुष्मिताको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।‘

 

 

 

 

घटना घटेको दिन जेठी नन्द दुर्गा काठमाडौं गए पनि घटनामा उनी पनि संलग्न भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले भन्नुभयो । मृतकका ससुरा र नन्द सीतालाई असार ४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्धामा अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरीले दुर्गालाई काठमाडौंबाट र सासुलाई केही दिनपछि पक्राउ गरेको थियो ।सासुलाई नन्द र ससुरा मिलेर बाहिर पठाएपछि प्रकाश र सीताले घाइते सुष्मितालाई लौरो र लोहोरोले प्रहार गरी हत्या गरे ।

 

 

सुष्मिताको मृत्युपछि प्रकाश र सीता मिलेर कोठमा फुटेका सिसाहरु, यत्रतत्र छरिएका भाँडाकुँडा मिलाए, भुईंमा लागेको रगत सफा गरे र भित्रबाट चुकुल लगाएर आफूहरु स्लाइडिङ झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गरे ।मृतकका पतिको सवारीदुर्घटनाको मृत्युपश्चात् पाउने क्षतिपूर्तिबापत् रकम पाँच लाख सुष्मिताले प्राप्त गरेको र घरपक्षले हामीले पाउनुपर्छ भनेर विवाद सिर्जना गरेका थिए ।

 

 

रुपेन्द्रको मृत्युपश्चात् उनको बीमाबापत् आउने करिब ४० लाख, उनी कार्यरत् सीएसआई इन्टरनेसनलबाट आउने तलबभत्ता तथा बोनस ससुरा प्रकाश आफूले पाउनुपर्ने दाबी गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *