गृह मन्त्रालयले सुरक्षा निकायका कर्मचारी तथा पदाधिकारीहरूलाई नियमित कामको सिलसिलामा बाहेक अन्य समयमा नेता र कूटनीतिज्ञहरूसँग भेट्न प्रतिबन्ध लगाएको छ ।‘
शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनैतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालयरवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपछिको यो अर्को बोल्ड कदम हो ।
यसअघि उनले निर्देशिकाविपरीत सहयोगीका रूपमा राखिएका सुरक्षाकर्मीहरू फिर्ता गर्न २४ घण्टे अल्टीमेटम दिएका थिए ।पूर्वी नवलपरासी — निर्माणाधीन बुटवल-नारायणगढ सडक खण्डको भेंडाबारीमा १ सय २० मिटर कालोपत्रे गरिएको छ ।
राजमार्ग ठेक्का लिएको ४२ महिनापछि चिनियाँ ठेकेदार कम्पनीले नारायणगढदेखि ११ किलोमिटर पश्चिम भेंडाबारीमा शुक्रबार पहिलो पटक कालोपत्रे सुरु गरेको हो ।काठमाडौँ — बाँकेकी निर्मला कुर्मी बेपत्ता पारिएको घटनामा आन्दोलनरत महिलाहरूले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । ने
पालगन्जबाट काठमाडौं आएर माइतीघरमा १६ दिनदेखि धर्नामा बसिरहेका उनीहरूले शुक्रबार गृहमन्त्रीलाई सम्बोधन गरेर ध्यानाकर्षण पत्र बुझाउँदै न्यायका लागि अपिल गरेका हुन् ।
तर उनीहरुले गृहमन्त्री लामिछानेलाई भने भेट्न पाएनन् ।उनीहरूले तेस्रो चरणमा १६ दिनदेखि निरन्तर संघर्ष गर्दा समेत सरकारले आफूहरूका मागको सुनुवाइ नगरेको भन्दै गुनासो गरेका छन्
‘सरकारले पटक-पटक वार्ता र अनुसन्धान गर्ने नाउँमा त्रुटिपूर्ण अनुसन्धान गरी मुख्य अभियुक्त बादशाह कुर्मीसहितका अभियुक्तहरूलाई जोगाउने र पीडितका तर्फबाट न्यायका लागि वकालत गरिरहेकाहरूलाई तोडमोड गरेर सूचना प्रवाह गर्ने काम भइरहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
उनीहरूले अहिलेसम्मको अनुसन्धानबाट मुख्य अभियुक्त बादशाह कुर्मीलाई जोगाउन प्रमाणहरू नष्ट गर्ने गरी अनुसन्धान भएको समेत गुनासो गरेका छन् ।
सरकारले बनाएको छानबिन समितिका आधारमा मुद्दामा आरोपित कुर्मीसहित आठ जना हाजिरी जमानीमा छुटेका छन् ।
अहिले सो मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।