उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुराना ‘फरार’हरू समातिने बताएका छन् । शनिबार सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पुराना “फरार”हरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ । हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’
फरार सांसद महतो पक्रन गृहको निर्देशन
हत्या मुद्दामा फरार एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न दिइएको मौखिक निर्देशन प्रहरीले अटेर गरेपछि गृह मन्त्रालयले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको छ ।
‘कर्तव्य ज्यान मुद्दामा तारेखी गुजारी फरार रहेका प्रतिवादी महोत्तरी जिल्ला साबिक निगौल गाविस वडा नम्बर ५ भई हाल गौशाला नगरपालिका वडा नम्बर २ निवासी लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट पटक–पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गत २७ पुसमा गृहमन्त्री रवि लामिछानेले महतोलाई पक्राउ गर्न मौखिक आदेश दिएका थिए । तर, महतोलाई प्रहरीले पक्राउ गर्न चासो दिएको छैन । सरकारबाटै आएको दबाबका आधारमा महतोलाई प’क्राउ गर्न सक्रियता नभएको प्रहरी स्रोत बताउँछ ।
अब हुनेछ रास्वपाको असली परीक्षा
देश संचालनका लागि मुख्य र अहिले धेरै विकृति भइरहेका शिक्षा, स्वास्थ्य, श्रम र गृहमा रास्वपा नेतृत्व पुगेको छ । अब रास्वपा नेतृत्वले त्यसमा सुधार गर्न के गर्छ हेर्नुपर्ने छ ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सामेल भएको छ । रास्वपाको भागमा परेका सबै मन्त्रालय आमनागरिकको जनजीवनसँग प्रत्यक्ष जोडिएका छन् । पार्टीको उदय नै आमनागरिकले दैनिक रुपमा भोगिरहेका समस्यालाई हटाउने प्रणसँगै भएको हो । त्यसैले रास्वपाबाट मन्त्रिपरिषद्मा सामेल भएकाहरुसँग जनअपेक्षा बढी नै छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****