• Wed. Feb 1st, 2023

रबि लामिछानेको तयारी: अख्तियार प्रमुखमा प्रेम संजेल राख्ने तयारि (साथ दिनेले शेर गर्नुस)

ByAdmin

Jan 24, 2023

 

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

 

गृहमन्त्रीमा रबि लामिछानेको चमत्कारिक इन्ट्री पछि सामाजिक सन्जालमा यति बेला भ्रस्टाचार नियन्त्रणको लागि अख्तियर प्रमुखमा भ्रस्टाचार बिरोधि अभियान्ता प्रेम सन्जेललाई नियुक्ति दिनु पर्ने माग बढ्न थालेको छ ।भ्रस्टाचार र भ्रस्टाचारिहरुको विरुद्धमा खरो रुपमा उत्रिएर चर्चा कमाएका हालका गृहमन्त्री लामिछानेले भ्रस्टाचार नियन्त्रणको लागि स्वच्छ र सहि ब्यक्ति नियुक्त गर्नुपर्ने माग उठेको हो ।

 

प्रेम सन्जेल खरो स्वभाव भएका कर्मचारी हुन । उनी आफुले आफैलाइ भ्रस्टाचार बिरोधी अभियान्ता बताउदै आएका छन र हाल रहेका गृहमन्त्री र प्रधानमन्त्रीको कामको तारिफ समेत गरिरहेका छन ।

 

यसैबीचमा सुशासन र प्रभावकारिताको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले ३० बुँदे निर्देशन दिएका हुन् ।

 

उनले विकास खर्च कम हुनुको कारण के हो भनी प्रश्न गरेका छन् र नीतिगत तहमा समस्या भए सुधारका प्रस्ताव ल्याउन आग्रह गरेका छन् । ‘तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन’ उनले भनेका छन्, ‘एकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरुजु पर्ने र फछर्यौट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको देखियो । यसमा संवेदनशील हुन जरुरी छ ।’

 

किन बढ्दैछ भ्रष्टाचार, समाधान के त?देशको अर्बुद रोग बनेको भ्रष्टाचार दिन प्रतिदिन बढ्दो छ। गर्छु कसैले नभन्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म भएको छ भ्रष्टाचार। यसलाई अविलम्ब नियन्त्रण गर्नुपर्छ, यसले देश बर्बाद पार्‍यो भन्ने कुरा पनि प्राय: सबैको मुखबाट सुनिन्छ। त्यसो भए भ्रष्टाचार गर्ने बाध्यता कसरी पर्छ ? के कुराले भ्रष्टाचार गर्न प्रोत्साहित गर्छ ? र के उपाय गरिँदा नागरिकले अनुभूति हुने गरी भ्रष्टाचार नियन्त्रण होला त ? यो लेखमार्फत् यिनै र यस्तै सवालको जवाफ खोज्ने प्रयास गरिएको छ।

 

भ्रष्टाचार: सार्वजनिक ओहोदामा रहने लगभग सबैले गर्ने तर गरेको छु भन्न नचाहने कर्म हो भ्रष्टाचार। व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो।

 

निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गराउने गम्भीर अपराध हो। यसलाई सीमित शब्दको सहारा लिएर परिभाषित गर्न सम्भव छैन। त्यसैले भ्रष्टाचारको परिभाषा गर्नु भन्दा व्याख्या गर्नु उपयुक्त हुन्छ।

 

सायद त्यसै भएर होला भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ ले पनि भ्रष्टाचार भन्नाले परिच्छेद २ अन्तर्गत सजाय हुने कसूर सम्झनु पर्दछ भनी भ्रष्टाचारको स्पष्ट परिभाषा नगरी विषयवस्तुलाई समेटेको पाइन्छ।

 

भ्रष्टाचारको प्रभाव : भ्रष्टाचार समाजको रोग हो। सरकारी संयन्त्रको धमिरा हो। सभ्य समाजको लागि प्रदूषण हो। यसले व्यक्तिको स्वभाव र शैलीलाई नकारात्मक बनाउँछ। व्यक्तिलाई व्यक्तिवादी बनाउँछ। व्यक्तिको अनुशासन र मर्यादामा स्खलन ल्याउँछ। समाजमा अस्वस्थ प्रतिस्पर्धा र कुसंस्कारलाई बढवा दिन्छ।

 

भ्रष्टाचारको कारणले संस्था/संगठनको लक्ष्य हासिल हुन सक्दैन। संस्थाको ख्याति र जनविश्वास गुम्दै जान्छ। समग्रमा राज्यको आर्थिक वृद्धि, विकास निर्माण र सेवा प्रवाहमा ह्रास आउँछ। सार्वजनिक सम्पत्तिको दुरूपयोग हुन्छ। शासकीय पद्धति र प्रक्रिया नै ह्रासउन्मुख हुन पुग्दछ।

 

अन्तत: जनता र अन्तर्राष्ट्रिय समुदायले शासन प्रक्रिया र शासकप्रति अपनत्व लिन र मान्यता दिन छोड्ने परिस्थिति सृजना हुन पुग्दछ। त्यसैले सारमा भन्न सकिन्छ भ्रष्टाचारले व्यक्ति, संस्था, समाज र राष्ट्रलाई अधोगतितर्फ लाँदै शासनको वैधता र राज्यको क्षमतालाई कमजोर बनाउँछ।

 

नेपालमा भ्रष्टाचार :ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल कर्पोरेसन व्यारोमिटर अनुसार भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल सन् २०१३ मा १७७ राष्ट्रमध्ये ११६ औं स्थानमा।सन् २०१४ मा १७५ राष्ट्रमध्ये १२६ औं स्थानमा। सन् २०१५ मा १६८ राष्ट्रमध्ये १३० औं स्थानमा। सन् २०१६ मा १३१ औं स्थानमा। सन् २०१७ मा १२२ औं स्थानमा र सन् २०१८ को पछिल्लो प्रतिवेदन अनुसार १८० राष्ट्रमध्ये १२४ औं स्थानमा परेको अवस्था छ।

 

ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१८ को प्रतिवेदनले नेपालमा भ्रष्टाचारको प्रमुख र दीर्घकालीन समस्याग्रस्त क्षेत्रहरू पनि औंल्याइदिएको छ। जसले राजनीतिक भ्रष्ट्राचारलाई प्रमुख समस्याका रूपमा प्रस्तुत गर्दै सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार, सार्वजनिक पद र अधिकारको दुरूपयोग, व्यापार व्यवसायमा घूस र अनुगमन तथा कारबाहीमा फितलोपना गरी पाँच वटा सघन भ्रष्टाचार हुने क्षेत्र पहिचान गरेको छ।

 

त्यस्तै, नेसनल इन्टीग्रिटी सर्वेको प्रतिवेदनले निजी क्षेत्र, गैरसरकारी संस्था र धार्मिक संस्था पनि भ्रष्ट रहेको तथ्य सार्वजनिक गरेको छ।यिनै तथ्यका आधारमा हामी भन्न सक्छौं, आज नोपाली समाजको हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ।

 

भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास :भ्रष्टाचार नियन्त्रण विश्वका सबै मुलुकको चासो, समस्या र सरोकार रहेको विषय बनेको छ।प्राय: विश्वका सबै मुलुकले भ्रष्टाचारविरूद्धका कार्यका लागि संवैधानिक, कानुनी एवम् संस्थागत व्यवस्था गरेका छन्। भ्रष्टाचारविरूद्ध संयुक्त राष्ट्र संघीय महासन्धि-२००३ ले राष्ट्रभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा हुने भ्रष्टाचार नियन्त्रणका लागि दीर्घकालीन उपाय सुझाएको छ।

 

भ्रष्टाचार नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य, प्रतिरोध गर्नका लागि क्षमता वृद्धि र संस्थागत विकासका लागि पनि दिशानिर्देश गरेको अवस्था छ। अन्तर्राष्ट्रिय स्तरमा वर्ल्ड बैंक, एसियन डेभलपमेन्ट बैंक, ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका संस्थाहरू भ्रष्टाचार नियन्त्रणमा सक्रिय छन्।

 

नेपालले पनि संविधानमा नै सुशासनलाई राज्यको साधन र साद्य दुवै रूपमा आत्मसाथ गर्दै भ्रष्टाचार नियन्त्रणका लागि नीति, विधि र संवैधानिक निकायको व्यवस्था गरेको अवस्था छ।

 

भ्रष्टाचार निवारण ऐन, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, सार्वजनिक खरिद ऐन, राजस्व चुहावट (अनुसन्धान तथ नियन्त्रण ) ऐन, सम्पत्ति शुद्धीकरण ऐनजस्ता कानुनी व्यवस्था र अख्तियार दुरूपयोग अनुसन्धान आयोग, विशेष अदालत, न्याय परिषद्, राष्ट्रिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान विभाग, महालेखा परीक्षकको कार्यालय, संसद एवम् संसदीय समिति, सैनिक विशेष अदालत जस्ता संस्थाहरूको पनि व्यवस्था गरेको पाइन्छ।

 

यति हुँदाहुँदै पनि नागरिकको अनुभूति र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा गरिएका भ्रष्टाचार मापनका अध्ययन र अनुसन्धानको नतिजामा नेपालमा भ्रष्टाचारको पारो बढ्दो अवस्थामा रहेको पाइन्छ।

 

किन बढ्दैछ भ्रष्टाचार :सार्वजनिक जीवनमा रहँदाको अवस्थामा पाएका स-साना सुविधा पनि व्यक्तिगत जीवनमा उपभोग नगर्ने चाणक्य जस्ता विद्धानहरूको दर्शन र व्यवहारलाई आर्दश मान्दै शासन र प्रशासनको सिको गरेको देश हो नेपाल। तर आज पहिचान फेरिएको छ। मानौं या नमानौं हाम्रो पहिचान भ्रष्ट देशको रूपमा पनि विश्वमा चिनिँदै छ।

 

एकातर्फ भ्रष्टाचार नियन्त्रण सबै राजनीतिक दल, सरकार र अन्य जिम्मेवार सरोकारवाला सबैको साझा चिन्ता र सहमतिको विषय बनेको छ भने अर्कोतर्फ भ्रष्टाचार हुने प्रवृत्ति पनि मूल रूपमा राजनीतिक दर, सरकार र जिम्मेवार सरोकारवालाहरूमा नै रहेको अवस्था तथ्यहरूले देखाउँछ। यस्तो विरोधाभास अवस्थामा हामी छौं।

 

त्यसैले भ्रष्टाचार हुने कारणहरूको पहिचान गरी कारणमा नै समाधान खोज्नु नितान्त आवश्यक छ।भ्रष्टाचार कारण र समाधानका हिसाबले बहुआयामिक विषय हो। नेपालको राज्य प्रणालीमा रहेका व्यवस्था र हालको अवस्थालाई विश्लेषण गर्दा मुलभूत रूपमा देहायका कारणहरूले भ्रष्टाचारलाई बढवा गरेको देखिन्छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *