• Wed. Feb 1st, 2023

प्रधानमन्त्री ताकेका गगन थापा उपप्रधानमन्त्री सहित गृहमन्त्रीमा नियुक्त !

ByAdmin

Dec 3, 2022

चुनावमा काठमाडौँ ४ का मतदातासँग भोट माग्दा नै प्रधानमन्त्री बन्ने भनेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दाबी कायमै राखेका छन् । निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै पनि थापाले मतदाताले व्यक्त गरेको मनको कुरा पूरा गर्ने बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु’ उनले भनेका थिए–‘मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ।’

गगनको यो चाहानामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन जनाईरहेका छन्। गगन थापाले हिम्मत गरे आफु प्रश्तावक वस्ने उनको भनाई छ। गगन थापालाई संसदिय दलको नेता तथा प्रधानमन्त्री बनाउन सभापति शेरबहादुर देउवालाई नै प्रश्तावक वनाउने तयारीमा आफु लागेको उनले बताएका छन्।

तर, गगनको प्रधानमन्त्री बन्ने चाहाना यसै पटक पुरा हुने सम्भावना भने कम छ। उनी वाहेक धेरै नेता अहिले प्रधानमन्त्री बन्ने दौडमा छन् । त्यसमाथि उनी पक्षकै नेता शेखर कोईरालाले पनि गगन थापा प्रधानमन्त्री बन्नेमा आशंका ब्यक्त गरिसकेका छन् ।

विहिवार विराटनगर महानगरपालिका ९ स्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता कोईरालाले कसैले चाहाना राख्दैमा प्रधानमन्त्री वन्ने सपना पूरा नहुने वताए । उनको यो भनाई अन्य नेतासहित गगनप्रति पनि लक्षित थियो। प्रधानमन्त्री वन्न सवैभन्दा पहिला संसदिय दलको नेता हुनु पर्ने र त्यसका लागि संख्या पुष्टि गर्नु पर्ने उनको भनाई थियो।

गगनलाई पनि संसदिय दलको नेता बन्न संख्याको कमी हुन सक्छ। त्यसमाथि देउवा पक्षका नेताहरु एक रटले ‘सभापतिले इच्छा ब्यक्त गरेपनि अरुको प्रधानमन्त्री बन्ने सम्भावनै छैन’ भन्दै हिड्नेले पनि प्रधानमन्त्री देउवा नै बन्ने सम्भावनालाई बल पुर्याईरहेको छ।

त्यसो भए गगन थापाको ब्यवस्थापन कसरी हुन्छ रु भन्ने प्रश्नमा कांग्रेसका नेताहरु भन्छन्–‘गगन थापा उपप्रधानमन्त्री सहित गृह वा अर्थ मन्त्रालयको जिम्मेवारीमा रहन सक्छन्।’ गगनलाई गृह वा अर्थ मन्त्रालयको जिम्मेवारी दिएर देउवालाई नै प्रधानमन्त्री बनाउने तयारी आन्तरिक रुपमा चलिरहेको कांग्रेस नेताहरु बताउँछन् ।

राजनीतिक विश्लेषकहरु पनि गगन थापा युवा सेन्टिमेन्ट प्रयोग गरेर सकेसम्म प्रधानमन्त्री नै बन्ने र त्यो सम्भव नभए पावरफुल मन्त्रालयमा जाने तयारीमा रहेको हुन सक्ने वताउँछन्।तर, गगन निकट श्रोतले भने यस पटक गगन थापा मन्त्री बन्न नजाने जानकारी दिएको छ। मन्त्री बन्न नजाने भन्नुको अर्थ प्रधानमन्त्री नै बन्ने सोचमा थापा रहेको स्रोतको दावी छ।

यो पनि : एमाले र माओवादीका नेताहरु छलफलमा, यस्तो बन्दै छ सहमतिको खाका
निर्वाचनको परिणाम नआउँदै नेकपा एकीकृत समाजवादीले वर्तमान सत्ता गठबन्धनकै दलहरु मिलेर सरकार बनाउने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन र आफ्नो परिणाम सोचेजस्तो आउन नसकेको प्रारम्भिक समीक्षा गर्दै

गठबन्धनको रक्षा गर्ने जनाएको हो ।मंगलबार बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने बताइरहँदा उता माओवादी केन्द्र भने मौन बसेको छ । माओवादीले अहिलेसम्म गठबन्धनलाई निरन्तरता दिने बताएको छैन ।

एस पार्टीको चुनावको समीक्षा गर्न मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धन भने कायमै राख्नुपर्ने निष्कर्ष निकालेको थियो । ‘हामीले सोचेजस्तो परिणाम आएको छैन ।

तर पनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई कायम राख्ने विषयमा एस पार्टी स्पष्ट भैसक्दा पनि माओवादी नबोल्नुमा भने कुनै कारण लुकेको आँकलन गरिएको छ । एमालेबाट विभाजन भएको एस पार्टीको अहिले थ्रेस होल्ड कायम हुने नहुने भन्ने बारेमा अझै यकिन भैसकेको छैन ।

तर माओवादीको समानुपातिकसहित करिब ३० सिट कामय हुने अवस्था छ । पहिलाको तुलनामा माओवादीको सिट संख्या कम भए पनि कांग्रेसलाई शुरुदेखिनै धम्क्याउन र बार्गेनिङ गर्न प्रशस्त भएकाले

माओवादीको एउटा पक्ष अहिले पनि एमालेसँग निरन्तर संवादमा रहेको छ । अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्माले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग निरन्तर संवाद गरिरहेको स्रोतको दाबी छ ।

‘उपाध्यक्ष पौडेल र अर्थमन्त्री शर्माबीच निरन्तर संवाद भैरहेको छ’, स्रोतले भन्यो । माओवादीले राष्ट्रपति र सभामुख लिएर पाँच वर्षका लागि एमाले अध्यक्ष केपी शर्मा ओली नै निरन्तर प्रधानमन्त्री रहने गरी

कुरा गर्ने वा राष्ट्रपति मात्रै लिएर प्रधानमन्त्री चाहिँ आधा आधा कार्यकाल गर्ने गरी छलफल अघि बढेको स्रोतको दाबी छ ।सरकार गठनमा केही दिन ढिला हुने भएकाले अहिलेको अवस्थामा माओवादीले गठबन्धन वा अन्य दल भन्ने बारेमा मुख खोलिसकेको छैन ।

अहिलेसम्म एक सय ६१ सिटको परिणाम आइसकेको छ । एक सिटको मतगणना भइरहेको छ ।दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना शुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ ।

बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब मतगणना गर्न बाँकी छ । स्याङ्जामा मतगणना रोक्ने कुनै कारण नहुँदा पनि मतगणना रोकिएको छ । निर्वाचन आयोगले आजसम्म निर्णय गर्ने जनाएको छ ।

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था छैन ।

तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, डा. शेखर कोइराला, डा. शशांक कोइराला प्रधानमन्त्रीको दौडमा छन् ।

बाहिर प्रकट नभए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा छन् । तर यसपटक उनलाई त्यति सहज भने छैन । त्यसकारण आफूलाई सहज हुने मार्गको खोजीमा रहेको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *