संविधानसभा सदस्य नरेन्द्र साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार राति प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई खादा र अबिर लगाएर आफ्नो पार्टीमा भित्र्याएका छन्। संघीय निर्वाचनमा सर्लाही ३ मा प्रत्यक्ष चुनाव लड्न टिकट पाउने निश्चित भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका स्रोतले जनाएको छ।
सत्ता गठबन्धनबीच सर्लाही ३ माओवादी केन्द्रले पाउने सहमति भैसकेको छ। प्रमुख प्रतिपक्षी एमालेले यस क्षेत्रमा संविधान सभा सदस्य हरि उप्रेतीलाई उम्मेदवार बनाउने तयारी गरेको छ।कार्यक्रममा माओवादी नेता मातृका यादव, केन्द्रीय सदस्य माया बल, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी लगायतको सहभागिता थियो।
साह सर्लाहीको बरहथवा नगरपालिका लौकटका स्थायी बासिन्दा हुन्।०७४ को निर्वाचनमा साह महेन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका थिए। ०४७ को निर्वाचनमा उनले स्वतन्त्रबाट सर्लाही ३ मा संघीय चुनाव लडेका थिए।
त्यतिबेला माओवादी केन्द्रका रामेश्वर राय यादव विजयी हुँदा गुलाब चिह्नमा चुनाव लडेका साह तेस्रो भएका थिए। दोस्रो मत कांग्रेस उम्मेदवारले ल्याएका थिए।
त्यतिबेला विजय गच्छदार नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका यादवले टिकट पाउने निश्चित भएपछि साह माओवादीमा प्रवेश गरेनन्।
‘टिकट पाएको भए त्यतिबेलै साह माओवादी केन्द्रमा प्रवेश गर्ने थिए,’ माओवादीका एक नेताले भने, ‘प्रचण्डले रामेश्वर रायलाई टिकट दिएपछि साहले त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका हुन्।’
स्रोतका अनुसार माओवादी नेता मातृका यादव ०७४ मा रामेश्वरलाई नभएर साहलाई पार्टी प्रवेश गराएर टिकट दिन चाहन्थे। तर,