• Tue. Dec 6th, 2022

ओलीले गरे ठोकुवा, एमालेले बाहेक आरुले देश बनाउनने कुरै छोडम माखो पनि मार्न सक्दैनन् !

ByAdmin

Sep 28, 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको प्रष्ट पारे

अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्न, मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे ।

उनले मुलुकको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई आग्रह गरे । उनले आगामी निर्वाचनमा पहिलोपटक मतदान गर्ने विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह गरे ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनबाट मुलुकको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।

अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेललगायतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे ।

दिन गनेर सकिदै एकिकृत समाजवादी, सुदूरपश्चिम प्रदेश सांसद तारा लामा तामाङ र कुलविर चौधरी एमालेमा फिर्ता
नेकपा एकीकृत समाजवादीका दुई जना सांसद नेकपा एमालेमा फिर्ता भएका छन्। फिर्ता हुनेमा कुलवीर चौधरी र तारा लामा तामाङ रहेका छन्।

बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्। बुधबार बिहानै ओली कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधनका लागि पुगेका थिए।

उनको उपस्थितिमा तामाङ र चौधरी मूल पार्टीमै फिर्ता भएका छन्। चौधरी नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम सरकारमा राज्यमन्त्रीसमेत थिए।

नेकपा एमालेमा प्रवेश गर्ने भएपछि उनलाई समाजवादीले मन्त्री पदबाट बर्खास्त गरिसकेको छ। यस्तै तारा लामा तामाङ पनि प्रदेश सांसद हुन्।

ही सवालजवाफ नै भएको थियो ।अन्ततः समाजवादी पार्टीले पहिलो चरणमा मन्त्री भएका सबै मन्त्री फिर्ता गरेर हाल नयाँ मन्त्रीहरू मेटमणि चौधरी, भवानी खापुङ, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई पठाइसकेको छ ।

देउवाले मन्त्री आलेलाई आफ्नै क्याबिनेट पार्टनर बनाइराख्नुको नाभीचाहिँ कैलाली र डोटी जोडिएको छ । प्रधानन्त्री देउवालाई सकेसम्म आले साथमा हुँदा आफ्नी श्रीमती आरजु राणा देउवालाई कैलाली–५ बाट प्रतिनिधिसभाको चुनाव जित्न सहज हुने अपेक्षा थियो ।

कैलाली– ५ का अधिकांश मतदाता डोटीबाटै बसाइँ सरेर आएका छन् । जसका कारण आरजुलाई चुनाव जित्न आले फ्याक्टर बन्ने अनुमान देउवाको रहेको कतिपय समाजवादीका नेताहरू नै बताउँछन् ।

समाजवादीका एक नेताको दाबीलाई मान्ने हो भने प्रेम आलेलाई ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा आलेलाई डोटीबाट नै टिकट दिन देउवासमेत सकारात्मक छन् । डोटीमा एक मात्रै निर्वाचन क्षेत्र छ ।

तर, स्थानीय तहको चुनावमा दुई नगरपालिका र ७ गाउँपालिकामध्ये दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा विजयी भएको कांग्रेस आफ्नो दाबी नछोड्ने स्थानीय नेताहरू बताउँछन् ।

२०७४ को चुनावमा कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै आले विजयी भएका थिए । यो पटक भने आलेको जनमत कमजोर देखिएको छ । डोटीमा एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिका जित्दा एकीकृत समाजवादी शून्य छ ।

तर, डोटीमा बलायरले आफ्नो दाबी नछोड्ने देखिन्छ । ‘डोटीबाट प्रदेशसभाका दुवै सिट र प्रतिनिधिसभाको एक सिटमा कांग्रेस नै लड्छ,’ बलायरले भने । जनमत नै नभएको एकीकृत समाजवादीको दाबी अर्थहीन भएको उनले बताए ।

प्रतिनिधिसभामा सदस्यका लागि तपाईंको दाबी हो भन्ने प्रश्नमा भने बलायरले व्यक्ति गौण कुरा रहेको र कांग्रेसले नै चुनाव लड्ने दाबी गरे । उता एकीकृत समाजवादीका नेता प्रेम आले भने डोटीबाट प्रतिनिधिसभाबाट आफू गठबन्धनको साझा उम्मेदवार भएको दाबी गर्छन् ।

‘म ७० र ७४ को निर्वाचनमा समेत विजयी भएको सांसद हुँ । स्थानीय तहको चुनावको परिणाम हेरेर सिटको दाबी गर्ने होइन । गठबन्धन पार्टीबीच हुने सहमतिअनुसार हुने हो । म नै उम्मेदवार हुने हो, यसमा दुई मत छैन्,’ आलेले भने ।डोटीमा आफ्नो व्यक्तिगत भोट नै राम्रो रहेको आलेको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

राजनीति बालेनले भिम रावललाई नांगेझार पारे, रावललाई कडा जावफ फर्काउदै लगाए यस्तो गम्भीर आरोप सडक संचार December 2, 2022 बालेनले भीम रावललाई भने- हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस) १६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ एमाले नेता भिम रावलले बालेनको भेटप्रति देखाएको चासो जस्ताको तस्तै: नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं। काठमाडौं महानागरपालिकाका मेयर बालेन्द्र शाहले फर्काएको जवाफ हेर्नुहोस: अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ । नयाँ दललाई सिंहदरबारका कार्यालय खोज्दै संसद सचिवालय संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ । संघीय संसद सचिवालयले चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लागि कार्यालय खोजेको हो । अघिल्लो संसदमा राप्रपाको जम्मा एक सिट थियो । यसपटक प्रत्यक्षमै ७ सिट जितेको छ । समानुपातिक तर्फबाट समेत गर्दा यस पार्टीले थप ७ सांसद पाउन सक्छ । यसकारण यसपटक राप्रपालाई नयाँ संसदीय दलको कार्यालय नै उपलब्ध गराउनुपर्ने हुन्छ । संसद सचिवालयका अनुुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पहिलेकै संसदीय दलको कार्यालय प्रयोग गर्न दिइनेछ । कुनै दलबाट एक जना सांसद मात्रै निवौचित भएको भए पनि एउटा कोठा दिने अभ्यास छ । स्वतन्त्र सांसदले पनि माग गर्दा सिंहदरबारका कार्यालय पाउने अभ्यास छ । यस अनुसार जनमोर्चाकी दुर्गा पौडेल बस्दै आएको कोठा यसपटक राजमोबाट निर्वाचित चित्रबहादुर केसीलाई प्रयोग गर्न दिने, नेमकिपाका प्रेम सुवालाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ । यसपटक स्वतन्त्र रुपमा ७ जना निर्वाचित भएका छन् । उनीहरुले पनि माग गरेको खण्डमा कम्तिमा एउटा कोठा दिइने र यस्तो अभ्यास रहेको प्रवक्ता पाण्डे बताउँछन् । प्रवक्ता पाण्डेका अनुसार तीन वटा नयाँ दल र स्वतन्त्रहरु समेतलाई मध्यनजर गरेर हल सहितका १६ वटा कोठा आवश्यक रहेको भनी मुख्य सचिवलाई पत्राचार गरिएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आएपछि कुन कुन दल आए भनेर पठाउने भए पनि आइसकेपछि कार्यालयको समस्या नपरोस् भनेर सचिवालयले अग्रिम तयारी गरेको हो । प्रवक्ता पाण्डे भन्छन्, ‘चुनावको अन्तिम नतिजा नआए पनि कुन कुन दल नयाँ आउँछन भन्ने आकलन भएको छ । त्यस अनुसार कार्यालयका लागि भवन खोजिएको हो ।’