• Tue. Dec 6th, 2022

राष्ट्रघाती नागरिकता विधेयक र एमसीसी पास गरेको भन्दै गठबन्धनका हजारौ कार्यकर्ता एमाले प्रवेश !

ByAdmin

Sep 28, 2022

नेपाली काँग्रेसमा पहिरो गएको देखिएको छ । २०७८ सालका चैत्र महिना यता मात्रै ५०००० जनाले नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रबेश गरेका छन् । विभिन्न तथ्याकंलाई केलाएर हेर्दा सो विवरण प्राप्त भएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

नेपाली काँग्रेसका सभापति एव्म प्रधानमन्त्री देउबा समेत यी तथ्याकंलाई देखेर डराएका छन् । उनलाई यो तथ्याकं चुनावको मिति घोषणा हुनुपूर्व नै प्राप्त भएको थियो ।त्यसपछि प्रचण्डलाई बानलुवाटार बोलाएर उनले घनिभूत रुपमा चूनावका लागि सहज हुने बाटो खोजेका थिए ।

त्यसयता चूनावमा जित्नका लागि उनले गठबन्धनलाई नै पहिलो प्राथमिक्तामा राखेका छन् । उनले एक सार्वजनिक कार्यक्रममा नै काँग्रेस एक्लै लड्न नसक्ने अबस्था रहेकाले गठबन्धनको विकल्प नरहेको बताइसकेका छन् जुन अभिब्यक्ति एमालेमा ५०००० नेता कार्यकर्ता प्रवेशको उपज थियो ।

माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको नतिजामा ठूलो भूइचालो आउने देखिएपछि माधब नेपाल केही समययता बेचैनीमा छन् । माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई भागबण्डामा न्युन सिट दिएपछि उनी रुष्ट मात्रै छैनन ।

गठबन्धनको बिरुधमा ओपन अभिब्यक्ति दिदैँ हिडेमा छन् । उनले आफैलाई चूनाव जित्न पनि मुस्किल परेको कुरा बाहिर आएपछि झनै तनावमा देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

राजनीति बालेनले भिम रावललाई नांगेझार पारे, रावललाई कडा जावफ फर्काउदै लगाए यस्तो गम्भीर आरोप सडक संचार December 2, 2022 बालेनले भीम रावललाई भने- हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस) १६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ एमाले नेता भिम रावलले बालेनको भेटप्रति देखाएको चासो जस्ताको तस्तै: नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं। काठमाडौं महानागरपालिकाका मेयर बालेन्द्र शाहले फर्काएको जवाफ हेर्नुहोस: अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ । नयाँ दललाई सिंहदरबारका कार्यालय खोज्दै संसद सचिवालय संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ । संघीय संसद सचिवालयले चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लागि कार्यालय खोजेको हो । अघिल्लो संसदमा राप्रपाको जम्मा एक सिट थियो । यसपटक प्रत्यक्षमै ७ सिट जितेको छ । समानुपातिक तर्फबाट समेत गर्दा यस पार्टीले थप ७ सांसद पाउन सक्छ । यसकारण यसपटक राप्रपालाई नयाँ संसदीय दलको कार्यालय नै उपलब्ध गराउनुपर्ने हुन्छ । संसद सचिवालयका अनुुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पहिलेकै संसदीय दलको कार्यालय प्रयोग गर्न दिइनेछ । कुनै दलबाट एक जना सांसद मात्रै निवौचित भएको भए पनि एउटा कोठा दिने अभ्यास छ । स्वतन्त्र सांसदले पनि माग गर्दा सिंहदरबारका कार्यालय पाउने अभ्यास छ । यस अनुसार जनमोर्चाकी दुर्गा पौडेल बस्दै आएको कोठा यसपटक राजमोबाट निर्वाचित चित्रबहादुर केसीलाई प्रयोग गर्न दिने, नेमकिपाका प्रेम सुवालाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ । यसपटक स्वतन्त्र रुपमा ७ जना निर्वाचित भएका छन् । उनीहरुले पनि माग गरेको खण्डमा कम्तिमा एउटा कोठा दिइने र यस्तो अभ्यास रहेको प्रवक्ता पाण्डे बताउँछन् । प्रवक्ता पाण्डेका अनुसार तीन वटा नयाँ दल र स्वतन्त्रहरु समेतलाई मध्यनजर गरेर हल सहितका १६ वटा कोठा आवश्यक रहेको भनी मुख्य सचिवलाई पत्राचार गरिएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आएपछि कुन कुन दल आए भनेर पठाउने भए पनि आइसकेपछि कार्यालयको समस्या नपरोस् भनेर सचिवालयले अग्रिम तयारी गरेको हो । प्रवक्ता पाण्डे भन्छन्, ‘चुनावको अन्तिम नतिजा नआए पनि कुन कुन दल नयाँ आउँछन भन्ने आकलन भएको छ । त्यस अनुसार कार्यालयका लागि भवन खोजिएको हो ।’