• Tue. Dec 6th, 2022

लामिछाने जहाँ भए पनि खोजेर ल्याउँछौं! प्रहरी प्रवक्ता राई

ByAdmin

Sep 28, 2022

बलात्कार आरोप लागेपछि लामिछानेलाई जमैकाले तत्काल देश छाड्न आदेश दिएको थियो । त्यसपछि नेपाल आउन सिंगापुरबाट टिकट काटेको र पछि टिकट रद्द गरेको बताइएको थियो । त्यसयता सन्दीप नेपाल प्रहरी वा क्यान कसैको सम्पर्कमा थिएनन् । धेरैले उनी विदेशमै पलायन हुनसक्ने आशंका गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

आइतबार मात्रै उनले सामाजिक सञ्जालमा अकस्मात् आफूमाथि लागेको सम्वेदनशील आरोपका कारण मानसिक रुपमा विक्षिप्त भएको र स्वास्थ्य पनि बिग्रिएकाले केही दिन आइसोलेसनमा रहेको पोस्ट गरेका थिए । आफू छिट्टै ठिक भएर नेपाल फर्कने र अनुसन्धानमा सघाउने पनि उनले लेखेका थिए । उनी कुन देशमा कुन अवस्थामा छन् भन्ने यकिन भएको छैन ।

भावुक स्टाटसले प्रहरीलाई कुनै फरक नपार्ने र बलात्कार जस्तो जघन्य अपराधको आरोप लागिसकेको व्यक्ति जोसुकै भए पनि खोजेर ल्याई सत्यतथ्य पत्ता लगाउनु प्रहरीको दायित्व रहेकाले कुनै पनि हालतमा उनलाई खोजेर ल्याउन नेपाल प्रहरी प्रयासरत रहेको प्रवक्ता राई बताउँछन् ।काठमाडौं, ११ असोज । नेपाल प्रहरीले नाबालिगमाथि बलात्कार आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्ने प्रयास जारी राखेको छ । यसका लागि उनीविरुद्ध हालै इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गरिएको छ ।

उनी क्यारेबियन प्रिमियर लिग खेल्न जमैकामा रहेका बेला गत भदौ २१ गते उनीमाथि एक किशोरीले बलात्कार आरोपमा प्रहरी वृत्त गौशालमा उजुरी गरेकी थिइन् । त्यसपछि लामिछानेले आफूमाथिको आरोप झूटो रहेको र नेपाल आएर त्यसविरुद्ध लड्ने भन्दै क्यानलाई वकिल मिलाइदिन आग्रह गरेका थिए । तर उनी हालसम्म पनि नेपाल फर्केका छैनन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले सफलआवाजलाई बताए अनुसार आरोपित लामिछाने कुन देशमा छन् भन्ने यकिन नभएकाले उनीविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी गरिएको हो । यो सूचना जारी भएपछि आरोपित १९५ औटा इन्टरपोल सदस्य राष्ट्रमा जहाँ भए पनि पत्ता लाग्ने उनको भनाइ छ!

नेपाल प्रहरीले इन्टरपोलको सदस्य राष्ट्रको (एनसीबी) अर्थात् नेशनल सेन्ट्रल ब्यूरोका हैसियतले इन्टरपोल सदस्य राष्ट्रहरुलाई आरोपितलाई पक्रन सहयोगको आग्रह गर्दै डिफ्युजन नोटिस जारी गरेको हो ।

डिफ्युजन नोटिस इन्टरपोलले जारी गर्ने अन्य रेड यल्लो, ब्लू, ब्ल्याक, ग्रीन, अरेन्ज तथा पर्पल नोटिसहरुभन्दा कम औपचारिक हुन्छ ।

के हो डिफ्युजन नोटिस ?

‘सामान्यतया: हामीले रेड कर्नर नोटिसका बारेमा सुनिरहेको भए पनि रेड कर्नर नोटिस इन्टरपोलको सचिवालयले जारी गर्दछ भने डिफ्युजन नोटिस इन्टरपोल सदस्य रहेका देशका राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी)ले सदस्य राष्ट्रमध्ये केही वा सबैलाई आग्रह गर्दै जारी गर्न सक्छ’, प्रवक्ता राई बताउँछन् । डिफ्युजन नोटिस अन्य नोटिसभन्दा कम औपचारिक भए पनि आरोपित खोज्न र सम्बन्धित देशमा ल्याउनका लागि भने उत्तिकै प्रभावकारी भएको उनको भनाइ छ ।

प्रवक्ता राई भन्छन्, ‘हामीले इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रलाई सहयोग र सहकार्यका लागि डिफ्युजन नोटिस जारी गरेका हौं । यही नोटिसका आधारमा हामी आरोपितलाई खोजेर ल्याउँछौं ।’ सम्बन्धित देशकै एनसीबीले जारी गर्ने भए पनि इन्टरपोल सदस्य भएका नाताले डिफ्युजन नोटिशलाई पनि इन्टरपोलले जारी गरेको भन्न मिल्ने प्रवक्ता राईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

राजनीति बालेनले भिम रावललाई नांगेझार पारे, रावललाई कडा जावफ फर्काउदै लगाए यस्तो गम्भीर आरोप सडक संचार December 2, 2022 बालेनले भीम रावललाई भने- हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस) १६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ एमाले नेता भिम रावलले बालेनको भेटप्रति देखाएको चासो जस्ताको तस्तै: नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं। काठमाडौं महानागरपालिकाका मेयर बालेन्द्र शाहले फर्काएको जवाफ हेर्नुहोस: अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ । नयाँ दललाई सिंहदरबारका कार्यालय खोज्दै संसद सचिवालय संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ । संघीय संसद सचिवालयले चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लागि कार्यालय खोजेको हो । अघिल्लो संसदमा राप्रपाको जम्मा एक सिट थियो । यसपटक प्रत्यक्षमै ७ सिट जितेको छ । समानुपातिक तर्फबाट समेत गर्दा यस पार्टीले थप ७ सांसद पाउन सक्छ । यसकारण यसपटक राप्रपालाई नयाँ संसदीय दलको कार्यालय नै उपलब्ध गराउनुपर्ने हुन्छ । संसद सचिवालयका अनुुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पहिलेकै संसदीय दलको कार्यालय प्रयोग गर्न दिइनेछ । कुनै दलबाट एक जना सांसद मात्रै निवौचित भएको भए पनि एउटा कोठा दिने अभ्यास छ । स्वतन्त्र सांसदले पनि माग गर्दा सिंहदरबारका कार्यालय पाउने अभ्यास छ । यस अनुसार जनमोर्चाकी दुर्गा पौडेल बस्दै आएको कोठा यसपटक राजमोबाट निर्वाचित चित्रबहादुर केसीलाई प्रयोग गर्न दिने, नेमकिपाका प्रेम सुवालाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ । यसपटक स्वतन्त्र रुपमा ७ जना निर्वाचित भएका छन् । उनीहरुले पनि माग गरेको खण्डमा कम्तिमा एउटा कोठा दिइने र यस्तो अभ्यास रहेको प्रवक्ता पाण्डे बताउँछन् । प्रवक्ता पाण्डेका अनुसार तीन वटा नयाँ दल र स्वतन्त्रहरु समेतलाई मध्यनजर गरेर हल सहितका १६ वटा कोठा आवश्यक रहेको भनी मुख्य सचिवलाई पत्राचार गरिएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आएपछि कुन कुन दल आए भनेर पठाउने भए पनि आइसकेपछि कार्यालयको समस्या नपरोस् भनेर सचिवालयले अग्रिम तयारी गरेको हो । प्रवक्ता पाण्डे भन्छन्, ‘चुनावको अन्तिम नतिजा नआए पनि कुन कुन दल नयाँ आउँछन भन्ने आकलन भएको छ । त्यस अनुसार कार्यालयका लागि भवन खोजिएको हो ।’