• Tue. Dec 6th, 2022

जुम्लामा ज्ञानेन्द्र शाहीले नै जित्ने भयो पक्का, ज्ञानेन्द्रको डरले महत टाप कसे !

ByAdmin

Sep 28, 2022

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद गजेन्द्र महतले अब आफू निर्वाचन नलड्ने घोषणा गरेका छन्। संघिय तथा प्रादेशिक निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिक आइरहेको अवस्थामा महतले निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

एक मिडियासँग कुराकानी गर्नेक्रममा माओवादी केन्द्रका जुम्ला इन्चार्ज महतले आफू यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने बताए। मन्त्री नभएसम्म काम गर्न नसकिने र आफूलाई कसैले मन्त्री नबनाउने हुँदा महतले निर्वाचनमा नउठ्ने निर्णय गरेको बताए।

‘मलाई मन्त्री बनाउदैनन्। सांसद भएर जनताको काम गर्न नसकिने रैछ। त्यसैले यसपटक अर्को साथीलाई सहायोग गर्छु,’ उनले भने,’सत्ता गठबन्धनबाट जुम्लामा हाम्रै पार्टीले टिकट पाउँछ। म जिल्ला इन्चार्ज भएकाले दोहोरिन सक्छु तर मलाई इच्छा छैन।’

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्ला माओवादीकै भागमा पर्छ या कांग्रेसलाई पर्छ भन्ने टुंगो लागिसकेको छैन। २०७४ को निर्वाचनमा यो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत विजयी भएका थिए। सांसद भएर आफ्नै खर्च धान्न धौ-धौ भएकाले यसपटक उम्मेदवार नबन्ने उनले बताए।

‘जुम्लाबाट काठमाडौं आउने-जाने गर्दैमा ३२ हजार खर्च हुन्छ। म एक्लै आउने-जाने गर्दा यति खर्च हुने हो। सांसदका साथमा अरू समेत हुन्छन्,’ उनले भने,’भनसुनमा उत्तिकै लाग्नुपर्ने तर काम गर्न नसकिने हुँदा धेरै गाह्रो हुन्छ।’

चुनावमा हुने खर्च धान्न समेत कठिन हुने उनको तर्क छ। ‘सांसदको चुनाव लड्न डेढ करोडसम्म खर्च गर्न तयार हुनुपर्छ,’ उनले भने। जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले आफ्नो चुनावी घरदैलो समेत सुरू गरेका छन्।

शाहीसँग निर्वाचनमा हार बेहोरिने डरले पनि महतले चुनावमा उठ्ने आँट गर्न नसकेको चर्चा पनि जुम्लामा चलन थालेको छ। शाहीले सबै भन्दा पहिला चुनावको तयारी सुरु गरिसकेका छन्।

अब जुम्लाले राष्ट्रको नेतृत्व गर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाले राष्ट्रको नेतृत्व गर्ने बताएका छन् । चुनावी प्रचारका क्रममा कनकासुन्दरी गाउँपालिका पुगेका शाहीले सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले बुधबार कनकासुन्दरी रिया, बोता र भुल-भुलेमा घरदैलो कार्यक्रम गरेका थिए । ‘अब जुम्ला बोल्छ, जाग्छ र यो राष्ट्रको नेतृत्व गर्छ,’ उनले भने, ‘स्याउ, मार्सी, सिमी र जडीबुटीको निर्यात हुन्छ । सिङो मुलुकको समृद्धिमा टेवा दिन्छ ।’

जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवार बन्ने घोषणा गरेका शाही अहिले चुनावी प्रचारमा छन् । जुम्ला उनको गृह जिल्लासमेत हो । उनले उम्मेदवारी घोषणा गरेसँगै जिल्लामा राजनीतिक सरगर्मी बढेको छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

राजनीति बालेनले भिम रावललाई नांगेझार पारे, रावललाई कडा जावफ फर्काउदै लगाए यस्तो गम्भीर आरोप सडक संचार December 2, 2022 बालेनले भीम रावललाई भने- हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस) १६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ एमाले नेता भिम रावलले बालेनको भेटप्रति देखाएको चासो जस्ताको तस्तै: नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं। काठमाडौं महानागरपालिकाका मेयर बालेन्द्र शाहले फर्काएको जवाफ हेर्नुहोस: अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ । नयाँ दललाई सिंहदरबारका कार्यालय खोज्दै संसद सचिवालय संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ । संघीय संसद सचिवालयले चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लागि कार्यालय खोजेको हो । अघिल्लो संसदमा राप्रपाको जम्मा एक सिट थियो । यसपटक प्रत्यक्षमै ७ सिट जितेको छ । समानुपातिक तर्फबाट समेत गर्दा यस पार्टीले थप ७ सांसद पाउन सक्छ । यसकारण यसपटक राप्रपालाई नयाँ संसदीय दलको कार्यालय नै उपलब्ध गराउनुपर्ने हुन्छ । संसद सचिवालयका अनुुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पहिलेकै संसदीय दलको कार्यालय प्रयोग गर्न दिइनेछ । कुनै दलबाट एक जना सांसद मात्रै निवौचित भएको भए पनि एउटा कोठा दिने अभ्यास छ । स्वतन्त्र सांसदले पनि माग गर्दा सिंहदरबारका कार्यालय पाउने अभ्यास छ । यस अनुसार जनमोर्चाकी दुर्गा पौडेल बस्दै आएको कोठा यसपटक राजमोबाट निर्वाचित चित्रबहादुर केसीलाई प्रयोग गर्न दिने, नेमकिपाका प्रेम सुवालाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ । यसपटक स्वतन्त्र रुपमा ७ जना निर्वाचित भएका छन् । उनीहरुले पनि माग गरेको खण्डमा कम्तिमा एउटा कोठा दिइने र यस्तो अभ्यास रहेको प्रवक्ता पाण्डे बताउँछन् । प्रवक्ता पाण्डेका अनुसार तीन वटा नयाँ दल र स्वतन्त्रहरु समेतलाई मध्यनजर गरेर हल सहितका १६ वटा कोठा आवश्यक रहेको भनी मुख्य सचिवलाई पत्राचार गरिएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आएपछि कुन कुन दल आए भनेर पठाउने भए पनि आइसकेपछि कार्यालयको समस्या नपरोस् भनेर सचिवालयले अग्रिम तयारी गरेको हो । प्रवक्ता पाण्डे भन्छन्, ‘चुनावको अन्तिम नतिजा नआए पनि कुन कुन दल नयाँ आउँछन भन्ने आकलन भएको छ । त्यस अनुसार कार्यालयका लागि भवन खोजिएको हो ।’