• Tue. Dec 6th, 2022

डिआइजीको नाममा मासिक एक करोड ?

ByAdmin

Sep 27, 2022

काठमाडौं । तराईको मुखमा तराईका जिल्लाहरूमा संस्थागतरूपमा प्रहरीले पैसा असुली थालेको छ । मधेस प्रेदशका डिआइजी मसाउद आलम खाँको नाममा मात्र घुमुवाले महिनामै एक करोड रुपैयाँसम्म असुल्ने गरेको तथ्य भेटिएको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

।प्रहरी प्रधान कार्यालयमा परेको एक उजुरीमा बारा जिल्लामा मात्र डिआइजी र एसपीको नाममा मासिक ४३ लाख ५० हजार रुपैयाँ उठाउने गरिएको उल्लेख छ ।

पथलैयाका असइ मनोज यादव र अमलेखगञ्जका असइले यसरी जुवादेखि तस्करीसम्मका कामबाट पैसा उठाउने गरेका हुन् । प्रमाणसहित परेको उजुरीमा छानबिन भए तराईका धेरै घुमुवाको जागिर जाने निश्चित छ ।

पथलैया र अमलेखगञ्जमा हुने जुवाबाट मात्र मासिक चार लाख ५० हजार रुपैयाँ उठाउने उजुरीमा उल्लेख छ । कवाडबाट मासिक तीन लाख ५० हजार र चेकजाँचबाट दैनिक १० हजार घुस उठ्ने गरेको छ ।

त्यस्तै तराईमा वर्षौँदेखि सेटिङ मिलाउँदै आएका घुुमवा वरिष्ठ सइ सागरशम्शेर जबरासँग मिलेर तस्करी चलाउने बालकृष्ण थापाले मासिक एक लाख दिने गरेका छन् । वीरगञ्ज ट्रान्सपोर्टका रज्निस गुप्तासँग एक लाख ५० हजार, गढीमाई ट्रान्सपोर्टका मदन गुप्ता, मदन यादव, रामेश्वर तिवारीसँग दुई लाख ५० हजार लिने गरेका छन् । उनीहरुले कपडा, हार्डवेयर र खाद्यान्न तस्करी गर्दै आएका छन् ।

पशुपति ट्रान्सपोर्टका राजेन्द्र गुप्ता रौनियार, विनोद रोडवेजका विनोद अग्रवाल, वीरगञ्ज नगवाका उमेशलाल तेली, कमल पटेलले मासिक दुई लाखभन्दा धेरै प्रहरीलाई बुझाउने गर्दछन् ।

त्यस्तै, डम्बर थापा, सजन अग्रवाल, धिरज गुप्ता, पाथिभरा ट्रान्सपोर्टका राजेन्द्र गुप्ता, जयबुद्ध ट्रान्सपोर्टका प्रकाश साह, गुडु साह, झापाका दीपक जैन र बिके सुवेदी, रौतहटका सुनिल जैसवाल, रामचन्द्र अग्रवाल, सर्लाहीका अन्तोष दास, जनकपुरका दिनेश चौधरी, सप्तरीका राजन गुप्ताले पनि घुमुवाहरुसँग मिलेर तस्करीको लाइन चलाएका छन् ।

एक दिनको उनीहरुको कल रेकर्ड हे¥यो भने सबै कुरा पुष्टि हुने बाराका एक प्रहरी अधिकारी बताउँछन् । ‘डिआइजी र एसपीको संरक्षणबिना यस्तो धन्दा सम्भव नै छैन’, ती प्रहरी भन्छन्, ‘दसैँको मुखमा अहिले दैनिक लाखौं लेनदेन हुन्छ ।’

मधेसका हरेकजसो जिल्लामा यतिबेला घुुमवामार्फत असुली धन्दा चलेको छ । मधेसका डिआइजी खाँले पछिल्लो समय महिनामै घुमुवामार्फत करोड उठाउन थालेका छन् । वीरगञ्ज जिल्लामा त दैनिक नै १० लाखभन्दा धेरै लेनदेन हुने गरेको स्रोत बताउँछ ।

सबैभन्दा धेरै कमाई पर्साका एसपी रमेश बस्नेत र बाराका होबिन्द्र बोगटीको छ । केही प्रहरीहरु आफूहरु प्रहरी प्रधान कार्यालयबाट खटिएको भनेर यस्तो धन्दामा लागेका छन् । सशस्त्र प्रहरीको ध्यान पनि तस्करीकै सामानबाट पैसा असुल्नेमा केन्द्रित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

राजनीति बालेनले भिम रावललाई नांगेझार पारे, रावललाई कडा जावफ फर्काउदै लगाए यस्तो गम्भीर आरोप सडक संचार December 2, 2022 बालेनले भीम रावललाई भने- हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस) १६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ एमाले नेता भिम रावलले बालेनको भेटप्रति देखाएको चासो जस्ताको तस्तै: नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं। काठमाडौं महानागरपालिकाका मेयर बालेन्द्र शाहले फर्काएको जवाफ हेर्नुहोस: अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ । नयाँ दललाई सिंहदरबारका कार्यालय खोज्दै संसद सचिवालय संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ । संघीय संसद सचिवालयले चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लागि कार्यालय खोजेको हो । अघिल्लो संसदमा राप्रपाको जम्मा एक सिट थियो । यसपटक प्रत्यक्षमै ७ सिट जितेको छ । समानुपातिक तर्फबाट समेत गर्दा यस पार्टीले थप ७ सांसद पाउन सक्छ । यसकारण यसपटक राप्रपालाई नयाँ संसदीय दलको कार्यालय नै उपलब्ध गराउनुपर्ने हुन्छ । संसद सचिवालयका अनुुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पहिलेकै संसदीय दलको कार्यालय प्रयोग गर्न दिइनेछ । कुनै दलबाट एक जना सांसद मात्रै निवौचित भएको भए पनि एउटा कोठा दिने अभ्यास छ । स्वतन्त्र सांसदले पनि माग गर्दा सिंहदरबारका कार्यालय पाउने अभ्यास छ । यस अनुसार जनमोर्चाकी दुर्गा पौडेल बस्दै आएको कोठा यसपटक राजमोबाट निर्वाचित चित्रबहादुर केसीलाई प्रयोग गर्न दिने, नेमकिपाका प्रेम सुवालाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ । यसपटक स्वतन्त्र रुपमा ७ जना निर्वाचित भएका छन् । उनीहरुले पनि माग गरेको खण्डमा कम्तिमा एउटा कोठा दिइने र यस्तो अभ्यास रहेको प्रवक्ता पाण्डे बताउँछन् । प्रवक्ता पाण्डेका अनुसार तीन वटा नयाँ दल र स्वतन्त्रहरु समेतलाई मध्यनजर गरेर हल सहितका १६ वटा कोठा आवश्यक रहेको भनी मुख्य सचिवलाई पत्राचार गरिएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आएपछि कुन कुन दल आए भनेर पठाउने भए पनि आइसकेपछि कार्यालयको समस्या नपरोस् भनेर सचिवालयले अग्रिम तयारी गरेको हो । प्रवक्ता पाण्डे भन्छन्, ‘चुनावको अन्तिम नतिजा नआए पनि कुन कुन दल नयाँ आउँछन भन्ने आकलन भएको छ । त्यस अनुसार कार्यालयका लागि भवन खोजिएको हो ।’