• Wed. Sep 28th, 2022

अछाम पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या १७ जना पुग्यो, ६ जना बेपत्ता

ByAdmin

Sep 17, 2022

अछाम । अछामको विभिन्न भागमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १७ जना पुगेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

 

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।

 

उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

 

हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा ५ जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा ३ जना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।

 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए ।

 

“यकिन विवरण आइसकेको छैन । मृतकको सङ्ख्या बढ्न सक्छ”, उनले भने, “अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ ।

Leave a Reply

Your email address will not be published.